१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मोडल तथा नायिका सुपुष्पा भट्टकाे ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक


१० मंसिर, काठमाडाैँ । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ ।


संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियाे पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ११:३८