७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एमाले–माओवादी एकतापछि केन्द्रीय कमिटी ९९ , पोलिटव्यूरो ३३ र ११ सदस्यीय स्थायी समिति बन्ने


८ फागुन, काठमाडौँ । नेकपा एमाले र नेकपा मओवादी केन्द्रकाबीचमा पार्टी एकताको सहमतिसँगै केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी समितिको सदस्य संख्याको पनि करिब टुंगो लागेको छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको बीचमा ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्युरो र ११ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको छ । सोमबार राति गठन भएको कार्यदललाई ओली र प्रचण्डले ९९, ३३ र ११ मा शीर्ष नेताको व्यवस्थापन हुने गरी गृहकार्य गर्न निर्देशनसमेत दिएका छन । दुबैजना पार्टीको अध्यक्ष रहने गरी पनि सहमति जुटेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार ११:३०