८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अन्तराष्ट्रिय कलाकार मंच जर्मनीको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा चुडाल


८ मंसिर, जर्मनी । अन्तराष्ट्रिय कलाकार मंच जर्मनीले डा सरोज चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै पाँचौ अधिबेशन सम्पन्न गरेको छ । गत १७ नोभेम्बरमा सास्कृतिक शहर ब्रेमेनमा भएको अधिबेशनले आगामि २ बर्षको लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । मंचका निवर्तमान अध्यक्ष बेल गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कालकारहरु पार्वती गुरुङ्ग मलिसा गुरुङ्ग, डा प्रबिन प्रसाइ, बिकु अधिकारी, सरोज पन्त, छिरिगं शेर्पा लगायतको प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो । विदेशी भुमिमा रहेका नेपाली र नेपालीका सन्तानलाई आफ्नो देशको कला सस्कृतिप्रति आस्था जगाइराख्न र नेपाली सस्कृति भुल्न नदिन अन्तराष्ट्रिय कलाकार मंचले विविध प्रकारमा कार्यक्रम अघि सार्ने अध्यक्ष डा चुडालले बताउनुभयो ।

गठित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमामा रविन काजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिगं शेर्पा चयन भएका छन् । नेपाल सहित विश्वका २९ देशमा विस्तार भएको अन्तराष्ट्रिय कलाकार मंचले आगामी बर्ष भित्र ४० देशमा शाखा विस्तार गर्ने लक्ष्य लिएको केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले बताउनुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार १५:२५