१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

छायाँ प्रधानमन्त्री देउवाले धतुरो खाएरै बोलेका हुन त ? सामाजिक सञ्जालमा पोखियो चर्को आक्रोश


८ मंसिर, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं छायाँ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार कास्कीमा बोलेको विषय आइतबार सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चाको विषय बन्यो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ता मात्र नभएर स्वयं कांग्रेसकै नेता कार्यकर्ताले पनि देउवाको बोलीको जमेर बिरोध गरे ।

फाइल तस्बीर ।

शनिबार देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपाली भूमि बाभेर नयाँ नक्सा बनाएको दलिल पेश गरेका थिए । देउवाको अभिव्यक्ति कति तथ्यपरक थियो भन्नेमा भन्दा पनि उनको बोलीको बिरोधमा पुरै सामाजिक सञ्जाल (फेसबुक र ट्वीटर) रंगियो । देउवाको विगत कोट्याउँदै धेरैले उनको आलोचना गरेका छन ।कतिपनि व्यक्तिले देउवालाइ सान्त्वना दिने काम गरेका छैनन् ।

पूर्व प्रधानमन्त्री भैसकेको व्यक्तिबाट तथ्यहिन र भ्रामक अभिव्यक्ति आएको भन्दै नेकपाको राष्ट्रियसभा संसदीय दलका सचेतक खिमलाल भट्टराइले देउवाले धतुरो खाएर भाषण गरेको प्रतिक्रिया दिए । त्यस्तै अनेरास्ववियूका संयोजक ऐन महरले देउवाको बोलीमात्र हैन दिमाग पनि लठेब्रो रहेछ भन्दै दरिद्र सोच भएको बताएका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार २०:४०