७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मन्त्रीका दम्पत्तिसँग प्रधानमन्त्रीको सहभोज, टुपलुक्क पुगे रघुवीर महासेठ (फोटोफिचर)


८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा रहेका सदस्यका दम्पत्तिसहित सहभोज गरेका छन । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ६ः३० बजेदेखि डेढ घण्टासम्म चलेको अन्तरक्रियात्मक सहभोज कार्यक्रममा प्रधानमन्त्रीले खुलेर अन्तरंग कुरा गरेका थिए । मन्त्रीहरूलाइ नै भेट्न नदिएको भनेर नकारात्मक टिप्पणी भैरहेको समयमा  प्रधानमन्त्रीले मन्त्री र तीनका श्रीमान वा श्रीमतिसँगैे बसेर अन्तरक्रिया गरेका हुन ।

सो क्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले छुट्टाछुट्टै र सामुहिक तस्बीर पनि खिचाएका थिए । भोजमा सहभागी एक मन्त्रीका अनुसार कार्यक्रममा मन्त्रिपरिषद्बाट विदाइ गरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि टुप्लुक्क देखिएका थिए । तर अरू मन्त्री र राज्यमन्त्री भने उपस्थित नभएको ती मन्त्रीले बताए । सो कार्यक्रममा एकमात्र अबिबाहित शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि नदेखिएको उनले बताए । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल र महिला बालबालिका तथा सामाज कल्याण राज्यमन्त्री पार्वत गुरूङले सामाजिक सञ्जलामा तस्बीर सार्वजनिक गरेका छन । सो अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा पनि उपस्थित देखिएका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार १३:३९