८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अस्ट्रेलियामा नेपाली दम्पत्तीबीचको झगडा : पतिको ज्यान गयो, पत्नी खोरमा


८ मंसिर, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा पतिपत्नीबीचको झगडामा एकजनाले ज्यान गुमाउनुपरेको छ । झगडाले उग्र रुप लिँदा पतिको ज्यान गयो भने पत्नी प्रहरीको खोरमा । आपसी विवादमा बुटवलका सन्तोष गौतमको ज्यान गएको हो ।

सन्तोषको हत्या संलग्न रहेको भन्दै उनकी ३४ वर्षीया पत्नी नीमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केही समय अघिदेखि पारिवारिक रुपमा खटपट रहेको सन्तोष-नीमाबीच परिस्थिति बिग्रँदै जाँदा हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार ०९:४८