६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

किन विवादमा तानिइन् वाणी ? (फोटो फिचर)


८ मंसिर, काठमाडौं । भारतीय अभिनेत्री वाणी कपुरले ‘हरे राम’ लेखेको विकनी लगाएको फोटो सार्वजनिक भएपछि विवादमा तानिएकी छन् । उनले विकनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो ।

मुम्बईको एनएम जोशी मार्गमा रहेको प्रहरी चौकीमा रमा सावन्त नामक महिलाले वाणीविरुद्ध मुद्दा दर्तासमेत गराएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वाणीले मानिसहरूको धार्मिक भावनामा ठेस पुर्‍याएको रमाको आरोप छ । वाणीले रामनाम लेखिएको विकिनी टप लगाएको तस्बिर उनकै इन्स्टाग्राममार्फत सार्वजनिक भएपछि चौतर्फी विरोधका स्वरहरु उठ्न थालेका हुन् ।

वाणीले इन्स्टाग्राममा नराम्रोसँग ट्रोल भएपछि उक्त फोटो हटाएकी थिइन् । यद्यपि त्यो बेलासम्म फोटो भाइरल भइसकेको थियो । ट्रोल गर्दै एक युजरले लेखेका थिए- ‘मानिसहरु यस्तो कपडा किन लगाउँछन् भन्ने महत्त्वपूर्ण प्रश्न हो । उनीहरु प्रत्येक चीजलाई फेसनका रुपमा उपयोग गर्छन् । किनभने हामीले कुनै एक्सन लिँदैनौं । यस्तो फोटो तत्काल हटाउनुपर्छ ।’

एजेन्सी

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार ०९:००