७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता


६ मंसिर, काठमाडाैँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग  भेटावार्ता गर्नुभएको छ । कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कतारमा जारी वल्ड इनोभेसन समिट फर एजुकेसन’ क्रममा कतारका शिक्षा तथा उच्च शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । तस्वीरः मन्त्री पोखरेलको निजी सचिवालय

त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिनुभयो । त्यस क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार १०:३९