१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सिलाइ कटाइदेखि ब्यूटिसीयन एडभान्ससम्म २० किसिमका निःशुल्क तालिमकाे अवसर (सूचनासहित)


६ मंसिर, काठमाडौँ । राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निःशुल्क तालिम दिने भएको छ । प्रशिक्षण केन्द्रको चौथो चौमासिक अवधिमा सीप अभिबृद्धि तालिम (एड्भान्स) र सीपमुलक तालिम (बेसिक) दिन लागिएको हो । सीप अभिबृद्धि तालिम अन्तर्गत प्याट्रन सिलाइ कटाइ (एडभान्स), फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्स रहेका छन् ।


यस्तै बेसिक सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायतका २० किसिमका तालिम तय गरिएको छ । तालिममा छनोट गर्दा मधेसी, अपाङ्ग दलित, जनजाती, सहिद परिवार र पिछडिएका वर्ग एवम् क्षेत्रका व्यक्तिहरु र एड्भान्स तालिमको हकमा बेसिक तालिम प्राप्त गरी आयआर्जनमा संलग्नलाई विशेष प्राथमिकता दिइने केन्द्रले जनाएको छ । इच्छुक उम्मेदवारले मंसिर २० भित्र केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन दिनुपर्ने शुक्रबार प्रकाशित भएको सूचनामा उल्लेख

गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार १०:१८