१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्टलाई ज्ञवालीले भने ‘९९ प्रतिशत नेपालीले तिम्रो देन कहिल्यै बिर्सने छैन’


५ मंसिर, काठमाडाैँ । वरिष्ठ चिकित्सक प्राध्यापक प्रेम ज्ञवालीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट बाहिरिएका मन्त्री गोकर्ण विष्टको देन नेपालीले बिर्सन नसक्ने बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै प्रा डा ज्ञवालीले विष्टलाई स्याुलट गर्दै ९९ प्रतिशत नेपालीले उनको देन कहिल्यै बिर्सन नसक्ने बताएका छन ।

उनले गुल्मेलीको शिर माथि उठाएको भन्दै विष्ट लाखाैँ नेपाली जनताको मुटुमा बस्न सफल भएको बताएका छन । उनले लेखेका छन ‘Salute छ गोकर्ण तिमीलाई । जति समय भए पनि श्रम-मन्त्रि बन्यौ हामी गुल्मेलीको शिर माथी गर्यौ, नेपाली जनताको मुटूमा बस्न सफल भयौ । बधाई छ तिमीलाई, ९९% नेपालीले तिम्रो देन बिर्सने छैनन् कहिल्यै।’

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार २२:२१