११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सरकारी गाडी छाडेर सिंहदरबारबाट ट्याक्सीमा घर फर्किए गोकर्ण विष्ट


५ मंसिर, काठमाडाैँ । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किएका छन् । विष्टले मन्त्रीका रुपमा पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर ट्याक्सीमा घर फर्केका हुन् ।

विष्ट मन्त्रालयबाट सिंहदरबार दक्षिण गेटसम्म पैदल मार्फत आएर भाडाको ट्याक्सी मार्फत निवास तिर लागेका हुन् । विष्टले दक्षिण गेटसम्म आइपुग्दा शुभेच्छुकहरूलाई हात हल्लाउँदै ट्याक्सी चढेर घर पर्केका हुन् । बिदाइ कार्यक्रममा बोल्दै विष्टले पदमा रहँदासम्म श्रमिक र बेरोजगारका लागि इमान्दारीपूर्वक काम गरेको बताएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार १४:४४