८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मन्त्रीबाट हटे पनि जनताको मनबाट हट्न नसकेका गोकर्ण विष्ट, हेर्नुहोस् ३५ प्रतिक्रिया


५ मंसिर, काठमाडौँ । प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गर्दै मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरे र राष्ट्रपतिले सोही अनुसार मन्त्रिहरूको नियुक्ति र जिम्मेबारी हेरफेरको निर्णय गरिन । झण्डै १७ महिनादेखिको मन्त्रिपरिषद् परिवर्तनको हल्ला कार्यान्वयनमा आयो । नयाँ नियुक्त भएका मन्त्रीहरूले के काम गर्लान र कसरी काम गर्लान भन्ने विस्तारै व्यवहारमा देखिदै जाने निश्चत छ । यही बीचमा सरकारबाट बाहिरिएका दुइ मन्त्री गोकर्ण विष्ट र लालबाबु पण्डितको हकमा बढी नै अन्याय भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश देखिएको छ । मानवतस्करी गर्ने दलाल र दलाल जस्ता देखिने कर्मचारीका नेताको बढी नै प्रभावमा दुइ मन्त्री हटेको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त भएका छन । श्रममन्त्रीबाट विदा पाएका विष्टको बारेमा अझै धेरैले चासो प्रकट गरेका छन । कार्यसम्पादन मूल्याकंनमा समेत अब्बल रहेका विष्ट किन निशानामा परे त भन्ने प्रश्न धेरैले गरेका छन ।

कर्मचारी नेताको मागी खाने भाँडो बन्ने कर्मचारीको सरूवा र बढुावामा हुने चलखेलमा लगाम लगाएर लालबाबु पण्डितले देशका लागि राम्रो काम गरे । तर पैसा उठाउने स्रोतमै कैँची चलाइदिएपछि पण्डितसँग नेकपा भित्रको उनकै गुटका प्रमुख देखि नेता कोही सन्तुष्ट हुन सकेनन् । गुटले चन्दाको आशा गरे पनि उनीले मुखै बन्द गराइदिएर बसे । सबैको असहयोगका बाबजुद कर्मचारी समायोजन गराए । जसकारण उनी नेकपाका नेता माधव नेपालकै इच्छामा सरकारबाट बाहिरिए ।

वैदेशिक रोजगारीको क्षेत्रमा व्यापक सुधारको प्रयास गर्ने गोकर्ण विष्ट सबैको निशानामा परे । झण्डै ५० प्रतिशत नेता र गुण्डा संरक्षणका लगानी गर्ने म्यानपावर व्यवसायीको निरन्तर निशानामा परे विष्ट । नेपाली युवाको श्रम र पसिना चुसेर लुट्न पल्केका केही आफ्नै पार्टी निकटका व्यवसायीले करोडौँ रूपैयाँ बोकेर सुरूवाति दिनमै उनलाइ हटाउन लविङ सुरू गरे । तर प्रधानमन्त्रीको विश्वास लिएर काम गर्दै अघि बढिरहेका उनी पार्टी भित्रको गुटका नेताको शिकार बने । माधव नेपालको गुट चलाउनका लागि उनले कतिपनि अवैध रकम उठाएर दिन सेकनन् । अन्ततः उनै माधव नेपालको तीव्र इच्छामा विष्ट मन्त्रीबाट हटाइए । विष्ट र पण्डित दुबै मन्त्रीले सरकारभित्र र बाहिर धेरैको असहयोगका बीच सफल काम गरे जुन जनताको मनमा गढेको समाजिक सञ्जालबाट प्रष्ट हुन्छ । हामीले यहाँ ३५ प्रतिक्रिया समेटेका छौँ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार ०८:०५