८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उपेन्द्र यादवको मन्त्रालय खोसिएपछि समाजवादीले सरकार छाड्ने, राज्यमन्त्री यादव बर्खास्त


४ मंसिर, काठमााडौँ । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । सामाजवादीले अध्यक्ष उपेन्द्र यादव भारतबाट फर्किए लगत्तै पार्टीको बैठक गरेर सरकार छाड्ने निर्णय गर्ने समाजवादीका एक नेताले दैनिकीलाइ जानकारी दिए । बुधबार मन्त्रिपरिषद् पुनर्गठनको क्रममा स्वास्थ्य राज्य मन्त्री डा। सुरेन्द्र यादवलाई बर्खास्त गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादवको मन्त्रालय समेत खोसेर नयाँ मन्त्रालयमा सरूवा गरेका छन ।

स्वास्थ्य मन्त्रालयमा रहेका यादवलाइ कानुन मन्त्रालयमा पुर्याइएको छ भने कानुनका भानुभक्त ढकाललाइ स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । कर्मचारीको सरूवा बढुवा र औषधिको खरिदमा धेरै नै राम्रो कमाइ हुने मन्त्रालय मनिन्छ स्वास्थ्य । स्वास्थ्य अन्तर्गतका कर्मचारीको सरूवामा उनीहरूको तह अनुसारको घुसको रेट नै तोकिने गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार २२:५१