६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नयाँ ९ मन्त्री थपिए, राष्ट्रपति कार्यालयले सार्वजनिक गर्‍यो सूची


४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेर केही मन्त्री हटाइ केहीको जिम्मेवारी हेरफेर गरेका छन । प्रधानमन्त्रीले मन्त्री नियुक्ति र हेरफेरको जिम्मेवारीसहितको सूची राष्ट्रपति समक्ष पेश गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन । थापाको अनुसार मन्त्रीहरूको बिहीबार बिहान सपथ हुनेछन ।

मन्त्रिपरिषद्मा ओलीले घनश्याम भुसालको इन्ट्री गराएका छन भने उपेन्द्र यादवको मन्त्रालय खोसेर भानुभक्त ढकाललाइ पठाएका छन । ओलीले यादवलाइ कानुनमन्त्रीको जिम्मेवारी दिएका छन । ओलीले बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकेका छन । ओलीले घनश्याम भुसाललाइ कृषिमन्त्रीमा नियुक्त गरेका छन भने हृदयेश त्रिपाठीलाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका छन ।

नेकपालाइ चुनावमा चन्दा दिने उद्योगपति मोती दुगडलाइ उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा नियुक्त गरेका छन । त्यस्तै दोलखाका पार्वत गुरूङले महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन । प्रधानमन्त्री ओलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामेश्वर रायलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ। ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र सञ्चारमन्त्री गोकुल बास्कोटा लगायतको मन्त्रालय यथावत राखेर केहीको परिवर्तन गरेका छन ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार २२:०२