११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

खोलामा लुगा धुँदै गरेकी महिलाको दुवै स्तन काटेर अभियुक्त फरार, महिलाको अवस्था गम्भीर


४ मंसिर, भोजपुर । खोलामा लुगा धुँदै गरेकी महिलाको दुवै स्तन काटेर अभियुक्त फरार भएका छन् । बुधबार भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङकाे खकुवाखोलामा कपडा धुन गएकी ३० वर्षीया एक महिलाको २ जनाको समूहले स्तन काटेर भागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिए ।

सांकेतिक तस्बीर

खाेलामा कपडा धोइरहेकी ती महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते अवस्थामा छाडेर उनिहरू भागेको डीएसपी मगरले जानकारी दिए । महिलालाई प्राथमिक उपचार केन्द्र दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनामा संलग्न समूहको तीव्र रुपमा खोजी भैरहेको डीएसपी मगरले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार १९:५८