१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ओली ५ वर्षलाई नै प्रधानमन्त्री, कार्यकारी अध्यक्ष बने प्रचण्ड


४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए । उनले अघि भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्दि्रत हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।’

 

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार १५:४४