१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रोकिराखेको बस पल्टिँदा एक जनाको मृत्यु


४ मंसिर, दोलखा । रोकिराखेको बस पल्टिँदा एक जनाको मृत्यु भएकाे छ । दोलखाकाे भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा रोकिराखेको बस दुर्घटना हुँदा वैत्यश्वर गाउँपालिका– ३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बुधबार मिर्गेबाट काठमाडाैँका लागि छुटेको बा ३ ख २९९७ नम्बरको बसमा २० जना यात्रु रहेका थिए । ठूलीनागीमा पुगेपछि डिजेल सकिएर बस रोकिएको थियो । रोकिएकै बस अचानक पल्टिएको हो । रोकिएको बसबाट यात्रुहरु बाहिर निस्किएका थिए । बसमा ७० वर्षीया वृद्धासहित अन्य दुई जनामात्रै थिए । दुई जना बाहिर निस्किए पनि ७० वर्षीया वृद्धाको बसले च्यापिएर ज्यान गएको प्रहरीले जनाएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार १५:१०