१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाली कांग्रेसका नेता र सांसदबीच सडकमै कुटाकुट, घाइते सांसद अस्पतालमा


४ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका नेताहरूबीच सडकमै कुटाकुट भएकाे छ । प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो । बुधवार बिहान वीरगञ्जकाे आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए । चिया पसलअगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएका हुन् ।

दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए । कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ११:१९