१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अध्यागमन सेटिङ तोड्न नयाँ मापदण्ड


४ मंसिर, काठमाडौं । अध्यागमन नाकाहरूबाट हुने मानव तस्करीको सेटिङ तोड्न गृह मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी नै संगठित रूपमा तस्करीमा संलग्न पाइएपछि त्यस्ता गतिविधि रोक्न मन्त्रालय लागेको हो ।

अध्यागमनबाट यात्रु फर्किएको गुनासो बढेपछि मन्त्रालयले आवश्यक कागजपत्रवाहकलाई नरोक्न निर्देश गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाले आवश्यक कागजपत्रसहित आउने यात्रुलाई नरोक्न अध्यागमन विभागलाई निर्देशन दिएका हुन् ।

पर्यटक प्रवेशाज्ञा वाहक नेपालीलाई कर्मचारीले अनेक बहानामा रोक्दै आएका थिए । यात्रुले आवश्यक कागजपत्र देखाउँदा पनि ‘शंकास्पद यात्रा’ को संज्ञा दिँदै उनीहरूले रोक्ने गरेका थिए । फर्काइएकाहरूसँग चर्को पैसा असुल गरी प्रस्थान अनुमति दिने गरेका थिए ।

अध्यागमन डेस्क अधिकृतले तजबिजी अधिकार प्रयोग गरी हचुवाका भरमा यात्रुलाई फर्काएको मन्त्रालयको ठहर छ । त्यस्ता तजबिजी निर्णय रोक्न मन्त्रालयले मापदण्ड ल्याएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०८:३७