१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रपति भेट्न शीतलनिवास जाँदै ओली-दाहाल


४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको चर्चासँगै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास जाँदैछन् । आजै गरिने मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा छलफल गर्न ओली-दाहाल राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतलनिवास जान लागेका हुन् ।

उसो त आजै सचिवालय बैठक बोलाइएको छ । बिहान ९ बजे बस्ने सचिवालय बैठकअघि नेकपाका अध्यक्षद्वय ओली-दाहाल शीतलनिवास जान लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीमण्डल हेरफेरबारे बहालवाला मन्त्रीहरुलाई जानकारीसमेत गराएका थिए । उनले आफूले केही निर्णय लिने जानकारी गराउँदै कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन र तय भइसकेका कार्यक्रम रद्द गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०७:३३