११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा


४ मंसिर, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरपछि बस्ने भएको छ । बैठकले मन्त्रीमण्डल पुनर्गठन, पार्टी एकता टुंग्याउनेलगायत विषयमा केही नयाँ निर्णय गर्न सक्ने सम्भावना छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा पार्टी एकताका बाँकी बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । अस्ति आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०६:५५