१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रियंका कार्कीले निर्देशन गरेको पहिलाे म्युजिक भिडियो “मेरै लाहुरेले” सार्वजनिक (भिडियाेसहित)


३ मंसिर, काठमाडाैँ । अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनयमा लामो समय बिताएकी कार्कीकाे याे म्युजिक भिडियो निर्देशनकाे पहिलो अनुभव हो ।

कार्कीले बाल गायिका आष्युका खनियाँको गीतलाई दृश्यमा उतारेकी हुन् । गीतको बोल छ, मेरै लाहुरेले । म्युजिक भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई देख्न सकिन्छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमानरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार १३:२९