१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

इटालीसँग अर्मेनिया ९-१ ले स्तब्ध


३ मंसिर, काठमाडौं । युरो कप २०२० को छनोट चरणको आफ्नो अन्तिम खेलमा इटालीले अर्मेनियामाथि फराकिलो जित हासिल गरेको छ । समूह ‘जे’ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले अर्मेनियालाई ९-१ को गोलअन्तरले हराएको हो ।

अर्मेनियालाई फराकिलो जित दिलाउन चिरो इमोबिलले र निकोलो जानिओलोले २-२ तथा निकोलो बारेला, एलेसिुओ रोमाग्नोली, जर्जिनिओ, रिकार्दो ओर्सोलिनी र फेडेरिको केइसाले समान १ गोल गरे ।

खेलको आठौं मिनेटमा इमोबिलले गोल गर्दै इटालीलाई १-० को अग्रता दिलाए । त्यसको १ मिनेट बित्न नपाउँदै जानिओलोले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । त्यसपछि इटालीले खेलको २९, ३३, ६४, ७२, ७५, ७७ तथा ८१औं मिनेटमा गोल गर्‍यो ।

अर्मेनियाले खेलको ७९औं मिनेटमा एक गोल फर्कायो । अर्मेनियाका लागि एड्गर बाबायनले सान्त्वना गोल गरेका हुन् ।

इटालीको यो दोस्रो ठूलो सर्वाधिक जित हो । यसअघि उसले सन् १९४८ मा अमेरिकालाई ९-० ले हराएको थियो । –एजेन्सी

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०९:५४