१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

शाहरुखकी छोरी सुहानाको वाहवाही !


३ मंसिर, मुम्बई । शाहरुख र गौरी खानकी छोरी सुहानाले अहिले चौतर्फी वाहवाही कमाइ रहेकी छन् । उनले हालै मात्र अभिनय गरेको एउटा ‘सर्ट मुभी’ मा सुहानाको भूमिका निकै रुचाइएको छ । उसो त सुहाना डेब्यु फिल्मबाटै चर्चाको शिखरमा छिन् । उनी आफैंमा प्रतिभाशाली पनि छिन् । अभिनयमा बाबुको पदचाप पछ्याउँदै अघि बढेकी छन् । यसले गर्दा पनि सुहानालाई सफलताको स्वाद हात लागेको हुन सक्छ ।

केही समयअघि सुहाना अभिनित अंग्रेजी फिल्म ‘द ग्रे पार्ट अफ ब्लु’ को टिजर सार्वजनिक भएको थियो । यद्यपि अहिले भने यो फिल्म रिलिज भइसकेको अवस्था छ । यो फिल्मको डाइरेक्सन सुहानाका क्लासमेट थियो गिमेनोले गरेका हुन् । उनले गरेको अभिनयकै कारण बलिउडमा अहिले सुहानाको चर्चा ह्वात्तै बढेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०९:४७