४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

प्रधानमन्त्री ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन गर्दै


२ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन गर्दैछन । बिहान ११ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै भिडियो कन्फ्रेन्स मार्फत प्रधानमन्त्रीले त्रिशुली थ्री ‘ए’ को उद्घाटन गर्नेछन । प्रधानमन्त्री ओलीले ‘एक्शन रुम’ बाट उद्घाटन गर्दा  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसहितको प्राधिकरणको टिम आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित हुने कार्यक्रम रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको र सोमबार औपचारिकरूपमा उद्घाटनको कार्यक्रम तय गरिएको जानकारी दिए । इमान्दार प्रयास भयो भने जतिसुकै समस्यामा फसेका आयोजना सम्पन्न हुन सक्छन् भन्ने तथ्य सो आयोजनाले स्थापित गरेको छ । रुग्ण बनेका आयोजना सफल बनाउन ठूलै मेहनत चाहिन्छ । राजनीतिक नेतृत्वदेखि कर्मचारीको समेत सकारात्मक प्रयासले काम गर्छ ।

सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको छ । महत्वका हिसाबले अग्रपङ्क्तिमा रहेका आयोजनाको सानो सफलताले पनि ठूलो अर्थ राख्छ । सरकारले काम गरेन, गफ मात्रै लगाएर बस्यो भन्नेका लागि पनि पछिल्ला दिनका सुखद खबर राम्रै जवाफ हुन सक्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइन निर्माणको सबैभन्दा जटिलता भनेकै हरेक टावर एउटा आयोजना जस्तै कठिन बन्नु र बनाइनु नै हो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार ०९:००