Logo

कालापानीबाट विदेशी सेना फिर्ता पठाउँछाैँ, हाम्राे भुमी एक इन्च पनि मिच्न दिँदैनौँः प्रधानमन्त्री ओली



१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह रमेत गर्नुभएकाे । नेकपाकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताउनुभयाे ।


प्रधानमन्त्री ओलीले नेपालकाे सीमा अहिले आएर नमिचिएको बताउँदै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए । प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १३:३२
प्रतिक्रिया दिनुहोस्