११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

झरना थापाकाे ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाले रोमान्स गर्ने


१ मंसिर, काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ४’ बन्ने भएकाे छ । झरना थापाले निर्देशन गर्ने फिल्ममा अनमोल केसी र सुहाना थापाको जोडी रहने भएको छ । फिल्ममा अनमोलले शीर्ष भूमिका निभाउने सम्झौता भएको छ । ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका थिए । यो जोडीलाई झरनाले ‘ए मेरो हजुर ४’ मा पनि दोहोर्‍याउन लागेकी हुन् । झरनाकी छोरी समेत रहेकी सुहानाका लागि ‘ए मेरो हजुर ३’ डेब्यु फिल्म थियो ।


फिल्मलाई सुनील कुमार थापाले निर्माण गर्नेछन् । माघ २० गतेबाट फ्लोरमा जाने यो फिल्म नेपालसहित ओमान र हल्याण्डमा पनि छायांकन हुनेछ । निर्माण टिमले अन्य कलाकार को–को रहने भन्ने जानकारी गराएको छैन । यद्यपि फिल्ममा अनमोल र सुहानाको शीर्ष भूमिका रहनेछ । र, यी दुवैलाई फेरि एकपटक प्रेमी प्रेमिकाका रुपमा पर्दामा देख्न पाइनेछ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १२:५३