१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ राणा, सरकारबाट सम्मानित हुने संस्था यी हुन


१ मंसिर, काठमाडाैँ ।  सरकारले सबैभन्दा धेरै कर तिर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ । आइतबार सरकारले बढी कर तिर्ने संस्थाका प्रतिनिधि र व्यक्तिलाई सम्मन गरेको हो ।  । सरकारले गत वर्ष सबैभन्दा बढी कर तिरेर राज्यलाई योगदान गर्ने करदाताहरुलाई सम्मान गरेको हो । आन्तरिक राजश्व विभागले सर्वाधिक कर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्राइभेट लिमिटेडलाई सम्मान गरेको छ ।  यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा तारा म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक सिद्धार्थसम्शेर राणा पनि सम्मानित भएका छन ।

सरकारबाट सम्मानित हुने अन्य संस्थाहरूमा डाबर नेपाल प्रालि, जगदम्बा प्रालि र राष्ट्रिय बाणिज्य बैंक क्रमश दोस्रो र तेस्रो भएका छन । वर्डलिङ्क कम्युनिकेसन, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, अग्नि इन्टरप्राईजेज प्रालि र तारागाउँ रिजेन्सी होटललाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका छन । कामना विकास बैंक, घोराही सिमेन्ट उद्योगले पनि कर तिरेको सम्मान पाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १०:४७