८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

‘ए मेरो हजुर ४’मा पनि अनमोल र सुहाना (तस्बिरसहित)


१ मंसिर, काठमाडौं । झरना थापाले निर्देशन गर्ने नेपाली फिल्म ए मेरो हजुर ४ मा पनि अनमोल केसी र सुहाना थापाको जोडी देख्न पाइने भएको छ । लभस्टोरी सिरिज ‘ए मेरो हजुर-४’ मा अभिनेता अनमोल अनुबन्ध भएका छन् ।

सुनीलकुमार थापाले लगानी गर्ने फिल्ममा अनमोलले शनिबार साँझ सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन् । ‘ए मेरो हजुर-३’ बाट यो सिरिजमा अनमोलले प्रवेश गरेका थिए भने सुहाना पनि यही सिरिजबाट भित्रिएकी थिइन् । सुहाना सुनीर-झरनाकी पुत्रीसमेत हुन् । यसको मतलब यो फिल्म सुहानाको होम प्रोडक्सन हो । फिल्म माघ २० देखि छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०९:११