८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टी-१० लिगमा सन्दीपआबद्ध टिम विजयी


मंसिर, काठमाडौं । यूएईमा भइरहेको टी-१० क्रिकेटमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेआवद्ध कर्नाटका टसकर्सले पहिलो जित आत्मसात गरेको छ । कर्नाटका टसकर्स १९ रनले विजयी भएको हो ।

कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाएको दिल्ली बुल्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्रै जोड्न सक्यो । एन्जोलो म्याथ्युजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाए पनि हार टार्न सकेनन् ।

कर्नाटका टसकर्सबाट खेलिरहेका सन्दीप टी-१० को पहिलो खेलमै टिममा परेका थिए । दिल्ली बुल्सविरुद्ध उनले आफ्नो पहिलो ओभरमै विकेट लिँदै सनसनी मच्चाए । १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई आउट गरेका हुन् । उस्मान ८ रन बनाए आउट भए । सन्दीपले व्यक्तिगत पहिलो विकेट लिए पनि टिमका लागि भने तेस्रो सफलता दिलाए ।

दोस्रो ओभरमा भने सन्दीप महँगो साबित भए । टी-१० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियमअनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे ।

टस हारेर पहिला ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो । –एजेन्सी

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०८:५८