१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले अतिक्रमण


१ मंसिर, काठमाडौं । नेपाल-भारतबीच १ हजार ८ सय ८० किमिसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेबले भने १ हजार ७ सय ५८ किमि मात्र देखाउने गरेको छ ।

भारतले गुगल सर्च वेबलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार, गुगोल सर्च वेबभन्दा नापी विभागले गरेको सर्भे तथा नक्सा आधिकारिक हो ।

सीमांकनका विषयमा नेपाल र भारतबीचको विवाद हटाउन दुई देशको संयुक्त सर्भे टोलीले झापाबाट सीमाको दूरी सर्भ गर्न थालेको गोरखापत्र दैनिकले खबर प्रकाशन गरेको छ । तर सीमा रेखांकन र अतिक्रमणका विषयमा भने उक्त टोलीलाई कुनै जिम्मेवारी दिएको छैन ।

नेपाल-भारतबीच करिब १ हजार ८ सय स्थानबाट खुला रूपमा आवतजावत हुने गरेको छ । आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमणदेखि सीमास्तम्भ हराउने समस्या बढेको भनाइ सुरक्षा अधिकारीको छ ।

फाइल तस्बिर ।

सशस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठ तराई क्षेत्रमा सीमाका बस्तीहरूमा वारि घर पारि खेत, पारि घर वारि खेत भएकाले समस्या देखिएको बताउँछन् । त्यस्तै खोलाले धार परिवर्तन गरी किसानको घर-खेतबारी वारिपारि हुने भएकाले पनि विवाद हुने गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०७:५१