११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सीमा विवादबारे नेकपा नेतृ एवं सांसद रामकुमारी झाँक्रीका पाँच प्रश्न


१ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं प्रतिनिधिसभाकी सदस्य रामकुमारी झाँक्रीले सीमाको विवादबारे भाषणबाजीलेमात्र केही नहुने बताएकी छिन । उनले सीमा विवादका बारेमा सरकारका मन्त्रीहरूले भाषणवाजी गरेको तर्फ असन्तुष्टि जनाउँदै पाँच प्रश्न गरेकी छिन । झाँक्रीले आइतबा बिहानै सामाजिक सञ्जाल मार्फत पाँच प्रश्न राख्दै कुटनीतिक पहलमा जोड दिन र भारतीय राजदूदालाइ बोलाएर स्पष्टिकरण लिन भनेकी छिन ।

झाँक्रीको प्रश्न यस्ता छन सीमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिड्ने की त्यो देशको राजदूतलाई बोलाएर सोध्ने ? बक्तब्य निकाल्ने की ?मन्त्रिपरिषदले तुरून्त आफ्नो राजदूत मार्फत ध्यानाकर्षण गराउने ? कुटनितीक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने ? वा हामी हाम्रो भूमी एक ईन्च पनि मिच्न दिन्नौ भन्ने बेतुकको भाषण दिने ?

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०८:५६