१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

हटाइने भनेका मन्त्री ‘ढुक्क’ : मन्त्रिपरिषद् ‘पुनर्गठन’ अझै रहस्यमय !


१ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको हो । एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा सुरु भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन ।

नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार मन्त्रीहरुले कार्यसम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अघि बढाए पनि त्यसलाई कार्यान्वयन भने अझै गर्न नसकेको नेपाल समाचारपत्रमा खबर छ । यसले गर्दा सरकारको काममा अन्योल र आलस्यता बढेको टिप्पणी गर्न थालिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०७:३८