१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपाको सचिवालय बैठक आज : एक सदस्य अनुपस्थित हुने, यस्ता छन् एजेन्डा 


१ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी एकताको काम करिब टुंगोमा पुर्याएको नेकपाले आजको बैठकबाट केही महत्वपूर्ण निर्णय लिने अनुमान गरिएको छ । पार्टी अध्यक्ष समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेपछि बस्ने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन ।

बैठकमा सचिवालयका एक जना सदस्य उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल भने अनुपस्थित रहनेछन । पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा त्यसतर्फ शनिबार प्रस्थान गरेका छन ।  आज बस्ने बैठकले पार्टी एकताको काम पूर्ण रूपमा टुंग्याउने तयारी गरेको सचिवालयमा एक जना सदस्यले दैनिकीलाइ जानकारी दिए । सरकारलाइ प्रभावकारी बनाउने विषय पनि आजको बैठको एजेण्डा रहेको ती सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०६:३९