१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जनताकै मतबाट समाजवाद ल्याउने बामदेव गाैतमको घोषणा, १० वर्षमा चीनलाई भेट्टाउने दाबी


३० कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गाैतमले जनताकै मतबाट समाजवाद स्थापना गर्ने घोषणा गरेका छन । शनिबार पार्टीको भ्राृत संगठन राष्ट्रिय युवा संघको सपथ ग्रहण समारोहलाइ सम्बोधन गर्दै नेता गाैतमले जनताको मतबाटै समाजवाद स्थापना गर्ने बताए । उनले विकास र समृद्भिका लागि अब कम्युनिस्टहरूले केही पनि कुरामा सम्झाैता नगर्ने पनि बताए ।

गाैतमले नेपालको विकास र समृद्धिले आगामी १० वर्षमा चीनलाइ नै भेट्टाउने दाबी समेत गरे । उनले भारलाइ ५ बर्षमै भेट्न सकिने बताए । उनले छिमेकी देशको आर्थिक विकासलाई भेट्टाउने गरी विकासको गतिमा अघि बढेको बताए । उनले समाजवाद निर्माण गरेर देखाउने र कसरी समाजवाद निर्माण भयो भनेर संसारका सबैले हेर्ने दाबी पनि गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार २०:१९