१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मेसीको गोल, ब्राजिलमाथि अर्जेन्टिनाको जित


कात्तिक ३०, काठमाडौं फुटबलका दुई महारथी ब्राजिल र अर्जेन्टिनाबीचको मैत्री पूर्ण खेलमा अर्जेन्टिनाले जित निकालेको छ । साउदी अरेबियामा भएको खेलमा लियोनल मेसीको गोलको मद्दतले अर्जेन्टिनाले ब्राजिलमाथि शुक्रबार १-० को जित हात पारेको हो ।

अधिकांश सबै बल आफ्नो पक्षमा लिएपनि ब्राजिलले अर्जेन्टिनाविरुद्ध गोल गर्न सकेन । मेसीले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको १०औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । तर पेनाल्टीमा गाब्रिएल जिससले गोल गर्न सकेनन् ।

लगत्तै अर्जेन्टिनाले पनि पेनाल्टीको मौका पायो । मेसीले पेनाल्टीमा मेसीले गरेको प्रहार ब्राजिलका गोलरक्षक एलिसनले रोक । पेनाल्टी प्रहार गर्दा फर्किएर आएको बललाई पुन: प्रहार गरी मेसीले गोल गर्न सफल भए ।

३ महिनाको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका मेस्सी पहिलो खेलमै गोल गर्न सफल भएका हुन् । कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि रेफ्रीको मिलेमतो रहेको आरोप लगाएका कारण मेसी प्रतिबन्धमा परेका थिए । –एजेन्सी

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०९:०३