४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

हेलिकोप्टरबाट गर्भवतीको उद्धार


३० कात्तिक, डोल्पा । सुत्केरी हुन नसकेपछि डोल्पा शे-फोक्सुन्डो गाउँपालिका ८ की २१ वर्षीया छिरिङपुटी गुरुङको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुन्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो ।

सांकेतिक तस्बिर ।

प्रसूति व्यथाले बुधबारै थलिएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भए पनि मौसम खराबीले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए । महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

गर्भवती गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूति गृहले जानकारी दिएको छ । स्वास्थ्यचौकी पनि नजिकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर रहेकाले डोल्पामा प्रसूति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि गुरुङलाई काठमाडौं लगिएको हो । –रासस

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०८:३१