Logo

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त, अर्थमा घिमिरे र विकासमा थपलिया नियुक्त



२९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमामा नियुक्त भएका छन । शुक्रबार साँझ बसेको मन्त्रिपरिद्को बैठकले थापालाइ प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । थापा पत्रकारितामा लामो इतिहास बनाएका व्यक्ति हुन भने तत्काली प्रधानमन्त्री झलनाथ खनालको पनि सफल रूपमा प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसेकाका नेकपाका नेता हुन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुनुहुन्छ । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् । थपा प्यूठानका हुन ।

नवनियुक्तहरु मध्ये थापालाई राज्यमन्त्री, घिमिरेलाई सहायकमन्त्री र थपलीयालाई विशिष्ट श्रेणीको सुविधा हुनेगरी नियुक्त गरिएको हो । थापा नौ बर्ष अघि तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि सहायकमन्त्री सरहको प्रेस सल्लाहकार भएका थिए । थापा अहिले राज्यमन्त्री सरहको प्रधानमन्त्रीको सल्लाहकार बनेका हुन् ।

तत्कालीन एमाले निकट बुधबार साप्ताहिकको सम्पादक बनेका थापाले प्रचार विभाग सचिव हुदै एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि पनि प्रचार विभागको उपप्रमुख र पर्यटन विभागको प्रमुखको जिम्मेवारी एकैपटक सम्हालेका थिए । पार्टी एकतापछि पनि थापा नेकपाको प्रचार विभाग उपप्रमुख भए ।

घिमिरे र थपलिया ।

मन्त्रिपरिषद् स्रोतका अनुसार शुक्रबारकै बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलियालाइ नियुक्ति गरेको छ । घिमिरे पूर्व अर्थ सचिव हुन भने थपलिया अोली २०७२ सालमा प्रधानमन्त्री हुँदा पनि विकास विज्ञको रूपमा कार्यरत रहेका थिए । थपिलया बुद्धिजिवी परिषद्को केन्द्रीय सदस्य रहेका घिमिरे धादिङका हुन । उनी पेशाले इन्जिनियर हुन ।प्रधानमन्त्रीले यसअघि सचिवालय रहेका ६ जनाले दिएको राजिनामा स्वीकृत गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार २१:४५
प्रतिक्रिया दिनुहोस्