१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बहुविवाहको मुद्दा लागेकी नायिका शिल्पा पाेखरेल साधारण तारेखमा रिहा


२९ कात्तिक, काठमाडाैँ । बहुविवाहको मुद्दा लागेकी नायिका शिल्पा पाेखरेल साधारण तारेखमा रिहा भएकी छन् । शुक्रवार काठमाडौंँ जिल्ला अदालतमा उपस्थित भएकी शिल्पालाई आइतवार बयान सकेर थुनछेक बहस गरी शुक्रवार नै साधारण तारेखमा छाड्ने आदेश भएको हो ।

निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् । सोही मुद्दामा शिल्पालाई पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको थियो । त्यसविरुद्ध शिल्पाले सर्वोच्च अदालतमा दायर गरेको निषेधाज्ञासम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले खारेज गरिदिएपछि शिल्पालाई पक्राउ गर्न बाटो खुलेको थियो । त्यसपछि पक्राउ पर्ने सक्ने डरका कारण शिल्पा आफैं अदालतमा उपस्थित भएकी थिइन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १८:५१