१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

हङकङको झडपमा ७० वर्षीय सफाइ मजदुरको मृत्यु


२९ कात्तिक, हङकङ । हङकङमा प्रदर्शनकारी र सरकार समर्थकको झडपका क्रममा बिहीबार ७० वर्षीय एक मजदुरको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार सफाइमा संलग्न ती व्यक्तिको काम सकेर खाना खान निस्किएका बेलामा मास्क लगाएका व्यक्तिले फालेको वस्तु टाउकोमा लागेर मृत्यु भएको हो ।

गएको साता मात्रै एउटा भवनबाट लडेर विद्यार्थीको मृत्यु भएको थियो । प्रहरी अपरेसनका क्रममा ती विद्यार्थी लडेका थिए ।

हङकङमा गत ५ महिनायता आन्दोलन भइरहेको छ । हङकङ सरकारले हिजो (बिहीबार) को घटनाप्रति दुःख व्यक्त गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । मृत्यु हुने व्यक्ति फुड एन्ड इन्भायोरमेन्ट हाइजिन डिपार्टमेन्टका कर्मचारी हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०९:४१