१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार अर्यालसहित ५ जनाको राजिनामा स्वीकृत


२९ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकार डा कुन्दन अर्यालसहित ६ जनाको राजिनामा स्वीकृत गरेका छन । उनले सचिवालयमा कार्यरत १३ जनाको एक मुष्ठ राजिनामा लिए पनि ५ जनाको राजिनामा मंसिर १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीले जनसम्पर्क सल्लाहर अच्युत मैनालीको पनि राजिनामा स्वीकृत गरेका छन ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले राजिनामा स्वीकृत गरेकामा प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल लगायत रहेका छन । बाँकी सदस्यले निरन्तरता पाउने भएका छन । सचिवालयमा थपिने नयाँ  सल्लाहकारको बारेमा शुक्रबार साँझ बस्ने मन्त्रिपरिषद्को निर्णय गर्ने बुझिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०९:१४