१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विदेशीको जुठो खान पनि नछाड्ने, हामी राष्ट्रवादी हुन पनि नछाड्ने !


२९ कात्तिक, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले पत्रकार, वकिल र बुद्धिजीवीले विदेशी दूतावासको जुठो खाएर राष्ट्रवादको नारा जपेकोमा असन्तुष्टि जनाएका छन । शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेख्दै उनले राजदूतावासको पार्टी खान पत्रकार, वकिल, बुद्धिजीवी जानै पर्ने किन ? भन्ने प्रश्न गरेका छन । उनले त्यसरी पार्टी खानेहरू केही अाफ्ना साथी पनि परेको भन्दै पीडा महशुष भएको बताएका छन ।

प्रा डा संग्राैलाले उल्लेख गरेका छन ‘विदेशीको जुठो खान पनि नछाड्ने, हामी रास्ट्रवादी हुन पनि नछाड्ने । अहिले भर्खर केही पत्रकार  साथीहरू भारतीय राजदूतावासमा भोज खाएर आउनु भो भनेर सामाजिक सञ्जालमा आयो । त्याहाँ नाम हुनेहरु मेरो अस्थाका मित्र हुनुहुन्छ। मलाइ पीडा भएको छ। देशमा एउटा गम्भीर मुद्दा उठिरहेको बेला किन यस्तो भयो ? मैले पीडा अनुभुती गरेको छु ।’

उनले भनेका छन ‘आजसम्म राजा, नेता र नेताका जागिरे सल्लाहकारलाई बोलेर, भनेर र लेखेर बुझाउन नसकेको एउटा कुरा हो यो देशमा ” देशमा अति ज्यादा बिदेशीहरुको प्रपन्च भयो” तेस्लाइ करेक्सन गरौं । जति पनि विवाद आज छ्न, जसरी नेताहरुका साखमा आक्रमण भयो, कहिँ न कहिँ यहि कुरा छ। देशका विद्वानहरुको पनि यहि हालत हो । यस्लाइ लेख्ने र बोल्ने मानिस पनि उस्तै भए ।’

उनले हामी नेपाली हुने हो भने हाम्रा मित्ररास्ट्रको सम्मान ताबेदारि होइन सम्मान गर्नुपर्ने बताएका छन ।  उनले भनेका छन ‘आफ्नै देशको बन्न सकिएन भने अर्काको कसरी बनिएला ? बिदेशीलाई थाह छ, जो आफ्नो देशलाइ धोका दिन्छ उस्ले उस्लाइ पनि धोका दिन्छ। ’

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०८:४४