११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने


२८ कात्तिक, काठमाडौँ । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई कूल २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत शेयर लाभांश र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार १७:२०