१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एटीपी फाइनलमा नाडालको आशा कायमै


२८ कात्तिक, लन्डन । शीर्ष बरियताका राफेल नाडालले एटीपी फाइनलको समूह चरणको दोस्रो खेलमा जित हात पारेका छन् । जर्मन खेलाडी अलेसान्दर भेरेभसँग पहिलो खेलमा २-० को सोझो सेटमा पराजित भएका नाडलले रसियन खेलाडी डेनियर मेदभेदेवलाई २-१ को सेटमा हराए ।

लन्डनको सेन्टर कोर्टमा भएको खेलमा नाडलले एक सेटले खेल गुमाएको अवस्थामा पछिल्ला दुई सेटमा कमब्याक गरेका थिए । पहिलो सेट ६-७ (३-७) ले गुमाएका नाडालले दोस्रो सेटमा ६-३ को सहज जित निकाले । निर्णायक सेटमा नाडलले उत्कृष्ट कमब्याक गरेका थिए ।सेमिफाइनलमा स्थान बनाउन नाडालले समूह चरणको अन्तिम खेलमा स्टेफानोस सिट्सिपासलाई हराउनु पर्नेछ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार १०:०५