७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ओली सरकारको नेतृत्वमा भएका यी ५० काम, जसले बिरोधीलाई गम्भीर भएर सोच्न बाध्य पार्छ


-टेकराज पौडेल
सन्त नेता एवं दिवंगत पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पानीको अभावमा काकाकुल काठमाडौंलाई एक कार्यक्रमबीच काठमाडौंमा बस्तीको बिकाससंगै राजधानी सार्नुपर्ने तर्क उठिरहँदा प्याट्ट बोल्दिनुभयो, ‘किन चिन्ता गर्नुहुन्छ ! काठमाडौंमा म अथाह पानी ल्याइदिन्छु ।’ सिन्धुपाल्चोकको मेलम्चीको पानी काठमाडौं ल्याउने भट्टराईको त्यो अठोटलाई कसैले पत्याएनन । हावामा उडाइ दिए । कसैले बूढाको ठट्टा गर्ने बानी भने ।

विश्व बैँक लगायतका संस्थाहरूले उनले बोलेको अर्को वर्षदेखि नै मेलम्चीको अध्ययन शुरु गरेर काठमाडौमा १० बर्षभित्र खानेपानी झार्ने कार्ययोजना बजेटको ऋणदाता समेत बन्ने भए । काम अघि बढ्यो । मेलम्ची नेपालको आफ्नै गोलमालदेखि विभिन्न खेलले २४ बर्षसम्म ढिलाइ भयो, तर दूर दृष्टि भएका नेताले देखेको सपना कम्तिमा ढिलै भए पनि साकार हुने स्थितिमा छ । मेलम्ची रोक्ने नेपालमै ठुलै चलखेल भइरहँदा पनि अव पानी आउने अवस्थामा छ । भट्टराईले देखेको त्यो सपना र अघि बढाएको योजनालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पूरा गर्दैछ । ढिलोमा अव केही बर्षभित्र मेलम्चीको पानी काठमाडौंमा आउनेछ ।

पहिलो पटक प्रधानमन्त्री हुनुभएका ओलीले नेपालको झन्डा राखेर समुन्द्रमा पानीजहाज चल्ने दिन आउँछ भन्दा भट्टराईलाई जसरी नै मजाले खिसिट्युरी भयो । समृद्धी हाम्रै पालामा भन्ने ओलीको कुरालाई पनि उडाउने काम भयो भने हावाबाट बिजुली निकाल्ने योजनाको पनि खिल्ली उडाइयो । जुन कुरा दुनियामा संभव भइसकेको थियो ।

त्यसो त एक–डेढ वर्षमै तैँले पानीजहाज चलाउनु पर्दछ दुई–चार दिनमै पूर्वपश्चिम रेल कुद्नुपर्छ भनेर अत्तो थाप्ने जमात पनि हाम्रो देशमा नभएका होइनन । तथापि प्रधानमन्त्री ओलीले आफूले बोलेका धेरै कुराहरूको जग भने बसालिसकेका छन । सरकारको नेतृत्व लिएदेखि प्रधानमन्त्री ओलीले अघि बढाएको योजना र काममा थुप्रै प्रगति भएको छ । तर पनि सरकारमाथि सत्तोसराप गर्नेको कमी छैन । जनताटाइम्स डटकमको यो लेखमा ओली सरकारले गरेको यिनै कामलाई सवैसामू राख्ने जमर्काे गरिएको छ ।

यी हुन् प्रधानमन्त्री ओलीले समृद्ध नेपालको लागि छोटो अवधिमा बसालेका जगहरु :

१. नेपाल–भारत –मोतिहारी–अमलेखगञ्ज) पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको छ । तीस महिनामा सकाउने लक्ष्य लिइएको पेट्रोलियम पाइपलाइनको काम १५ महिनामै सम्पन्न भई परीक्षणसमेत सकिएको छ । अव पेट्रोलियम पाइपलाइनबाटै इन्धन आपुर्ति हुनेछ । जसबाट बार्षिक ७ अर्व ढुवानी खर्चमात्रै बचत हुनेछ ।

२. चीनसँगको पारवहन सन्धी, बिकाससँगको कनेक्टिभिटी मुलुकको लागि महत्वपूर्ण कोशेढुङ्गा हो । जस्ले ल्याण्डलक कन्ट्री नेपाललाई ल्याण्ड लिंक कन्ट्रीमा परिणत गराएको छ ।

२ः पूर्व पश्चिम विद्युतीय रेल मार्गको डीपीआर तयार हुनु पनि यति छोटो समयमा ठूलो छलाङ नै हो । काठमाडौं निजगढ फास्ट ट्रयाकले गति लिनु, चाइना–नेपाल रेलमार्ग र भारत नेपाल रेलमार्गको बहस र सम्भाव्यता अध्ययन शुरु हुनुलाई ओली सरकारकै सकृयता हो । यसलाई कसैले अन्यथा भन्न सक्छ र ?

४. देशभरमा २ वर्षीभत्र ४ सय भन्दा बढी तुइन बिस्थापित हुनु र नयाँ युगको आभास दिलाउन सक्नु पनि एउटा क्रान्ति नै हो । अहिले मुलुकभर तुइन बिस्थापनको अवस्थामा छ । कुनै सरकारले नदेखेको यो कामलाई ओली सरकारले नै अघि बढाएको हो ।

५. लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । आयोजनाको पहिलो युनिट भने गत जेठ २ गतेदेखि नै सञ्चालनमा आएको हो । दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ । एघार बर्षपछि यो आयोजनाले दिएको खुसी पनि ओली सरकारकै कारण भएको होइन र ?

६. निर्माण शुरु गरेको निश्चित समयमै भैरहवा र पोखरास्थित अन्तराष्ट्रिय हवाइ मैदान तयार हुन गई अन्तिम अवस्थामा पुग्नु र यही अवधिमा आधा दर्जन नयाँ ठाउँमा डोमेस्टिक एअरपोर्टको सुरुवात सञ्चालन र ६२ वर्षदेखि पुनर्निर्माण हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल रातारात बनाइनु पनि कम्तिको बिषय होइन । अव अन्तराष्ट्रिय बिमानस्थल २४ सै घन्टा सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको छ । यो काम सामान्य होइन भन्ने कुरामा दुईमत हुन्न ।

७. इन्धन अन्वेषणको लागि यतिबेला दैलेखदेखि विभिन्न जिल्लामा करिब एक दर्जन स्थानमा चाइनिज र जर्मन टोलीहरुले जमिन प्वाल पारेर धमाधम हेरिरहेका छन । यहीबीचमा पाल्पामा फलाम खानी भेटिईसकेको छ भने अन्य खनिजजन्य बस्तुहरुको अन्वेषणले अब केही हुन्छ कि भन्ने आशा जगाएको छ । मुलुकलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ओली सरकारले गरेको यो काम पनि सामान्इ होइन ।

८. कोशी नदीमा सुनसरीदेखि भोजपुरको ७ घन्टाको लामो यात्रा जलमार्ग मार्फत २ घन्टामा सिमित पार्न यही ३/४ महिनामा सम्पन्न हुदैछ भने नारायणघाटस्थित नारायणी नदीमा आगामी ३/४ महिना भित्र फेरी चल्दैछ । यो काम जनताका लागि ओली सरकारले अघि बढाएको अत्यन्तै सकारात्मक पहल हो ।

९. पोखरा–मुस्ताङ र दाङको स्वर्गद्वारीसम्म लामो दूरीका केबुलकार शुरु हुने तयारी भैरहेको तथ्य गफ र उखान टुक्का हो र ?

१०. बिगत ७० बर्षमा ८ हजार किलोमिटर कालोपत्रे भएको बाटो गएको १५ महिनामा ९४५ किमि थप भएको छ भने यो वर्ष मात्र ३४९ वटा नयाँ पुल बनेका छन । आगामी वर्ष यो भन्दा दोब्बर पुल र दोब्बर कालोपत्रे हुँदैछ । यसलाई ओली सरकारको कामको परिणाम भन्ने कि गफ ?

११. २४ वर्षदेखि भारतले बनाउँछु भनिरहेको तर नबनाएको काभ्रेको पुलिस एकेडमी ओली प्रधानमन्त्री ओलीकै सकृयतापछि बन्दैछ । त्यसैगरी अत्याधुनिक राष्ट्रपति भवन बन्दैछ । चीनले बनाइदिएको बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र हल भाडा लिएर प्रयोग भै रहेको संसदको अब २ वर्षभित्र आफ्नै भवन हुँदैछ । यो काम होइन र ?

१२. सांसदको लागि आवास भवन, मन्त्रीको लागि सुबिधा सम्पन्न भवन लगायत भूकम्पले भत्काएका धरहरा लगायत सयौँ प्रतिष्ठान पनि यहीबीचमा तयारी हुँदैछन ।

१३. स्थानीय निकायमा बिगतमा भन्दा ७ प्रतिशत बजेट बढाएर दिइएको छ । यहीबीचमा प्रदेश सरकारको लागि भौतिक संरचनादेखि अन्य बिकास निर्माणको लागि मध्मयस्तरका योजनाको लागि प्रत्येक प्रदेशमा १ खर्व भन्दा बढी बजेट पठाइएको छ ।

१४. शिक्षामा बिगतभन्दा धेरै बजेट दिइएको छ । सामुदायिक बिद्यालयलाई बढी जिम्मेवार बनाउन रकम वृद्धि गरिएको छ । सरकारी सेवामा रहेका कर्मचारी शिक्षकका छोरा छोरी नीजिमा पढाउन नपाउने नीति बनेको छ । गरिब दलित पिछडिएको बर्ग र दूरदराजका बच्चाहरुको लागि सबै शिक्षा निशुल्क भएको छ । बिगतका कुन सरकारले यतिधेरै काम गरेका थिए ?

१५. प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा बापत बार्षिक २५०० (भुक्तानी गरेपछि एक लाख भन्दा बढीको खर्च इन्स्योरेन्सले ब्यहोर्ने ब्यबस्था भएको छ ।

१६. जुम्लामा हस्पिटल र मेडिकल कलेजको तयारी भैरहेको छ । प्रत्येक प्रदेशमा एक–एक सरकारी मेडिकल कलेज र स्थानीय निकायमा ५० शैय्याको अस्पताल यही बर्षबाट शुरु हुदैछ ।

१७. सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि बृद्ध, अपाङ्ग, एकल महिला, बालबालिका र सुत्केरी महिलाको लागि रकमको ब्यबस्था भएको छ ।

१८. ओली सरकारकै पालामा राष्ट्रपति महिला कार्यक्रम अघि बढाएर दुर्गम जिल्लामा सुत्केरी हुन नसकी गर्भवती महिलाले अकालमा ज्यान गुमाउने परेको घटना बिरलै हुन थालेको छ । एकाघ ठाउँमा समयमै सूचना नपाएर गर्भवती महिलाको ज्यान गएपनि हेलिकोप्टरमार्फत उद्धार गरी गर्भवती महिलाको ज्यान बचाउने काम भएको छ । यो उखान टुक्का होइन, यथार्थ हो ।

१९ं युवाको लागि प्रत्येक निर्वाचन क्षेत्रमा खेलकूद मैदानको ब्यवस्था गर्न लागिएको छ । बेरोजगार युवाहरुको लागि बार्षिक ५० दिनको काम वा त्यति नै दिनको रोजगार बराबरको रकम दिन शुरु भएको छ ।

२०. खाद्यान्न उत्पादन बढाउन खेतवारी बाँझो नराख्ने नीति राज्यले लिएको छ । किसानलाई मल,बीउर औषधिलगायतको ब्यवस्था फलफूल तरकारीको बिक्री बितरणको लागि देशभरि एकै चोटी १४ वटा ठूला क्षमताका स्टोरेज र बजार बनाउदै छ । बाख्रा खसी उत्पादन गर्नेलाई जति मूल्यमा त्यो बिक्री हुन्छ त्यही बराबरको रकम किसानलाई राज्यले थप प्रोत्साहन दिदैछ ।

२१. देशको प्रमुख दुश्मन भ्रष्टाचार हो यसको जरा हरेकको घर घरसम्म जोडिएको छ । सिस्टममा हिड्न सबैलाई धौ धौ लाग्छ। यो बर्षमात्र भ्रष्टाचारीहरु बिगतमा भन्दा ६ सय गुणा बढि रङ्गेहात पक्रिएका छन । अख्तियारले सक्रियता बढाएको छ । कर्मचारीमा बल्ल अव भ्रष्टाचार गरे जोजिन सकिन्न भन्ने अनुभुति हुन थालेको छ । यो काम ओली सरकारकै पालामा भएको हो ।

२२. २६ बर्षदेखि लुकाएर राखिएको बालुवाटारको सरकारी जग्गा हडपिएको तथ्यलाई ओली सरकारले नै बाहिर ल्याएको छ । देशभरका हडपिएको सार्वजनिक जग्गा खोज्न समिति बनाएको छ । यो सामान्य काम होइन ।

२३. काठमाडौं–केरुङ रेल्वेको डिपिाआर तयार भइसकेको छ । चिनिया टोलीले प्रतिवेदन बुझाएको छ ।

२४. एक सय रुपैया भन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएको छ ।

२५. प्रदेशबाटै श्रम स्वीकृतीको ब्यवस्था गरेको छ । जस्ले बैदेशिक रोजगारीमा जाने युवाहरु राजधानी काठमाडौंमै धाउनु पर्ने बाध्यता हेटेको छ ।

लेखकः पाैडेल ।

२६. काठमाडौंको लागि मोनोरेल डिपिाआरका लागि चीनिया कम्पनीसग सम्झौता भएको छ ।

२७. नेपाल र मलेसिया, नेपाल मौरिसस र नेपाल संयुक्त अरव इमिरेट्सबीच बीच श्रम सम्झौता भएको छ ।

२८. भूकम्पपछि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालनमा आएको छ ।

२९. कर्मचारी समायोजनको काम सकिएको छ ।

३०. बिराटनगरको भारतीय कन्सुलरको फिल्ड अफिस हटाएको छ ।

३१ १९५० को सन्धी पुनरवलोकन गर्न पहलकदमी अघि बढाएको छ ।

३२. देशको अर्थतन्त्र अघिल्लो बर्षको तुलनामा निकै मजबुत बनेको छ ।

३३. जमिन र सेयर बजार मा रहदै आएको कृत्रिम मुल्य बृद्धि (अनुउतपादक क्षेत्रको) लाई सहि बाटोमा ल्याउने काम भएको छ ।

३४. नेपालमा उत्पादन बिजुली भारतले किन्न मिल्ने कानुन बनेको छ । नेपालमा बढी भएको बिजुली भारत निर्यात गर्ने काम पनि अघि बढेको छ ।

३५. योगदानको आधारमा सामाजिक सुरक्षा कार्यक्रम लागू भएको छ ।

३६. बिदेशबाट फर्किएका युबालाई दश लाखसम्मको सहुलियत कर्जा दिने काम अघि बढनु ।

३७. महिला उद्यमीहरुलाइ सात लाख कर्जा दिनु ।

३८. सर्टिफिकेट धितोमा पाच लाख कर्जा दिने काम अघि बढनु ।

३९. उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट कारखाना खुलाउनु र नाफामा चलाउनु ।

४०. ठुला आयोजनालाई समयमा सम्पन्न गर्न तदारुकाता देखाउनु । प्रधानमन्त्री कार्यालयमै अनुगमन प्रणाली जडान गरी राष्ट्रिय गौरवका आयोजनाको अनुगमन हुनु ।

४१. कुटनीतिक क्षेत्र र अन्तराष्ट्रिय फोरममा देशको उपस्थितिलाइ बलियो बनाउनु, अमेरिकालाई नेपाल नीति फेर्न सहमत गराउनु ।

४२. राजस्व संकलनमा बिगतमा भन्दा उल्लेख्य बृद्धि हुनुु । राजस्व छली रोक्न भेहिकल ट्रयाकिङको ब्यवस्था हुनु ।

४३. यातायात क्षेत्रको सिण्डिकेट साउन १ बाट पूर्णत अन्त्य हुनु ।

४४. नेपाल–जापान श्रम सम्झौता गर्नु ।

४५. भारतसँग बिद्युत संझौता, नेपाली आयोजनामा भारतीय लगानी हुनैपर्ने अडानबाट भारत फिर्ता हुनु ।

४६. सभामुख जस्तो पदमा बसेको व्यक्तिलाइ याैन दूर्व्यवहारको मुद्दामा जेल हाल्नु ।

४७. इट्टा भट्टामा दर्जन बढी मानिसको ज्यान लिने पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहमद अफताव अालमलाइ पक्राउ गरी मुद्दा चलाउनु ।

४८. बेरोजगारहरूलाइ १०० दिनको रोजगारी ग्यारेन्टी गरेर भत्ता दिनु ।

४९. विगतमा श्रमका लागि विदेश गएका अाफन्तमाथि कुनै मुद्दा परे पैसा हुनेले मात्र लड्न सक्ने रहेकोमा हाल श्रम मन्त्रालयले नीतिगत सुधार गरी सबैको मुद्दा सरकारले लड्ने निर्णय लिनु ।

५०. कामलाई परिणाममुखी बनाउन इतिहासमै पहिलो पटक मन्त्रीसँग कार्यसम्पदन संझौता भएको छ । मन्त्रीले सचिव र सचिवले बिभागीय प्रमुखहरुसँग कार्यसम्पादन संझौता सुरु भएको छ । काममा परिणाम ल्याउने यो उत्कृष्ट शैली हो । कामचोरका लागि भने यो निकृष्ट काम लाग्न सक्छ ।

यी कामहरु ओली सरकारको सफलताका कथा हुन । उखान टुक्का होइनन । यी काम अघि बढाउनेसँगै पछिल्लो पटक घुसखोरीबिरुद्ध अभियान अघि बढेको यथार्थलाई जोकोहीले देख्न सक्छ । घुसखोरी ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य राज्यले मात्र चाहेर हुन्न, जनताको जागरण पनि अझ बढि आवश्यकता हुन्छ । सबैले सबैतिरबाट लाग्ने हो भने मात्र हामीले चाहे जस्तो गर्न सक्दछांै ।

आखिर गाउँदेखि शहरसम्म गरीबदेखि राष्ट्रपति भवनसम्म तुईनदेखि पाइपलाइन र एअरपोर्टहरु बनाउन, स्थानीय निकायमा रकम बढाउनेदेखि प्रदेशलाई टन्न बजेट दिन एकै चोटी यत्रो रकम कहाँबाट आयो ? अझ कम्युनिस्ट सरकार भएकोले बिदेशीले आर्थिक सहयोग गरेका छैनन् भन्ने पनि हल्ला छ । हल्ला गर्नेले जे सुकै गरून् सरकारको राम्रो काम भयो भने हामी सकिन्छौँ भनेर बिकास हुन नदिने तत्वहरु पनि छन्। अबको ५/७ बर्षमा मुलुकले अवष्य काँचुली फेर्छ नै ।डाहले मर्नेहरु गर्दै गरून् हामीलाई चौतर्फी बिकास चाहिएको छ ।

अन्त्यमा
ओलीले समुन्द्रमा नेपाली झन्डा हालेको जहाज देख्ने रहर यो वर्ष कन्टेनरमा मात्र देखे पनि अबको केहि वर्ष्भित्र जहाज नै नेपालीको हुने सपना पूरा हुने देखिएको छ। अब भन्नुस् ओली सरकारले गफ मात्रै गरेको छ कि ? देखिने काम पनि गरेको छ ? त्यसैले अव तथ्यमा बहस गरौं । सत्यलाई साथ दिऔं । भ्रमहरु चिरिदै जानेछ, मिथ्या कुराको पर्दाफास आफै हुनेछ । ओली सरकारलाई थप राम्रो काम गर्न उर्जा मिल्नेछ । समृद्ध नेपाल सुखी नेपालीको सपना हाम्रै पालामा पूरा हुनेछ । जनताटाइम्सबाट

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार ०६:५२