७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कार्यालय सहयोगीलाई निर्घात कुटपिट गर्ने वडाध्यक्ष पक्राउ


२६ कात्तिक, घोडाघोडी । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् ।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार १५:४९