१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गायिका लता मंगेशकरको छातीमा इन्फेक्सन, उपचारका लागि अस्पताल भर्ना


२६ कात्तिक, मुम्बई । भारतीय सर्वश्रेष्ठ गायिका लता मंगेशकरको छातीमा भाइरल इन्फेक्सन भएपछि अस्पताल भर्ना गरिएको छ । उनको मुम्बईस्थित ब्रीच केन्डी अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अहिले उनको स्वास्थ्य स्थिर रहेको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

मंगेशकर भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट विभूषित भएकी छन् । उनी भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार ०९:१९