१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एनएमबी बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने


 २५ कात्तिक, काठमाडौँ । एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको छ । त्यस आधारमा कूल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर प्रदान गरिनेछ ।

यस्तै कर प्रयोजनका लागि भने नगद लाभांश प्रदान गर्न लागिएको छ । कूल १४ प्रतिशत नगद लाभांश अर्थात रु एक अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वकिृत तथा बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी रु ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार १७:१३