७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अघोरी बाबाकी भाइरल श्रीमति शारदा पाण्डे बाैद्धबाट पक्राउ, यस्ता छन अभियोग


२५ कात्तिक, काठमाडाैँ । अघोरीबाबाकी भाइरल श्रीमति शारदा पाण्डे पक्राउ परेकी छिन । उनी काठमाडाैँको महनगरी प्रहरी वृत बाैद्धको प्रहरी टोलीबाट पक्राउ परेकी हुन । अनेक विवादको भूमरिका परेकी शारदाको बारेमा प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा ‘अघोरी बाबा’की श्रीमती पाण्डेलाइ नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ । शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएको र पीडित महिलाले जाहेरी दिएको बुझिएको छ । उता महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले दैनिकीसँग कुरागर्दै अघोरीबाबा पक्राउ नपरेको तर शारदाको बारेमा उजुरी परेपछि उनी आफैँ प्रहरी कार्यालय आएको बताएका छन ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार १४:३३