१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

लिपुलेकसहित २० स्थानमा सशस्त्रको बीओपी स्थापना हुने, सीमा सुरक्षा थप बलियो बनाइँदै


२५ कात्तिक, काठमाडाैँ । सरकारले चीनसँगको सीमा जोडिएका चार स्थानसहित २० ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्ने भएको छ । सरकारले भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० स्थानमा बिओपी राख्न लागेको हो । बिओपी स्थापनाले सीमा सुरक्षा थप बलियो हुने अनुमान गरिएको छ । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा तत्कालै सशस्त्र प्रहरीले बिओपी स्थापना गर्ने तयारी गरेको छ  ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले भाैगोलिक कठिनाइ चिर्दै काम गर्नुपर्ने भएकाले अध्ययन भैरहेको जानकारी दिएका छन । लिपुलेकमा बिओपी स्थापना गर्नुलाई महत्वपूर्ण मानिएको छ । गत आर्थिक वर्ष ०७५/७६ मा सशस्त्रले सीमामा २० बिओपी थपेर ८७ बाट एक सय सातवटा पुर्‍याएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार ०९:१६